दमाैली । महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँको अध्यक्षमा कल्पना पौडेल चयन भएकी छन् । सञ्जालको शनिबार सम्पन्न तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा बसुन्धरा घर्ती, सचिवमा अन्जना तिमल्सेना, कोषाध्यक्षमा सुशीला शर्मा, सह सचिवमा सरिता भण्डारी, सदस्यहरूमा सीता थापा, नर्वदा काफ्ले, मिना थापा, जौमाया रायमाझी, इन्द्रा थापा, नविना सुनार, सृजना भण्डारी, निर्मला मल्ल, अकला शाही, झ्याम कुमारी थापा, योगिता श्रेष्ठ, सरिता श्रेष्ठ, विर्सना श्रेष्ठ, मनिषा विक, लक्ष्मी सिग्देल, शान्ति कुवर, शान्ता पौडेल,पार्वती श्रेष्ठ, सम्झना रसाइली रहेका छन् ।
सञ्जालका अध्यक्ष कला पुनको अध्यक्षतामा आयाेजित कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले मानव अधिकार सञ्जाल महिला दिदी बहिनीको दुख सुखको कुरा गर्ने थलो भएको बताए ।
कार्यक्रममा मानव अधिकार संगठन तनहुँका अध्यक्ष राजेन्द्र खनाल, महिला मानव अधिकार रक्षक सञ्जालका पूर्व केन्द्रीय सदस्य सवनम शर्मा, इन्सेक केन्द्रीय कार्यालयका सुना प्याकुरेल, आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष बसुन्धरा घर्ती, सञ्चारिका समूह तनहुँका अध्यक्ष सम्झना रसाइली लगायतले जवसम्म महिला सामाजिक, आर्थिक, सांस्कृतिक रूपमा सशक्त हुँदैनन् तबसम्म समाजमा महिला अधिकारले न्याय पाउन नसक्ने बताएका थिए ।