भरतपुरमा नाली सफा गर्ने क्रममा करेन्ट लागेर देवघाटका भीमबहादुरकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भरतपुरमा नाली सफा गर्ने क्रममा करेन्ट लागेर देवघाटका भीमबहादुरकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    देवघाट । चितवनमा नाली सफा गर्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। भरतपुर-१आँपटारीस्थित तौल पुल नजिकै सडक छेउको नाली सफा गर्नेक्रममा चुँडिएको तारमा करेन्ट लागेर तनहुँको देवघाट-५ बस्ने ५५ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको हो।

    जिल्ला प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार मगरले उक्त क्षेत्रमा सडक विभागबाट सरसफाईको काम गर्दै आएका थिए। चुँडिएर लत्रिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको अधिकारीले बताए।

    मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए।