पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७८, मंगलवार

    काठमाडाै । सत्ता गठबन्धनको मंगलबारको बैठकले स्थानीय तह निर्वाचन तयारी तथा अनुगमनका लागि समिति गठन गरेको छ । गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समितिको नेतृत्वको जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेललाई दिएको छ ।

    उक्त समितिमा पाँच दलका प्रतिनिध नेताहरु समेत रहनेछन् । समितिमा नेताहरु गगन थापा, ज्ञानेन्द्र कार्की, वर्षमान पुन, देव गुरुङ, बेदुराम भुसाल, विजय पौडेल, अशोक राई र रेनु यादव रहेका छन् ।

    यसैगरी सत्ता गठबन्धनका नेताहरुले अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले कोभिडपछि धरमराएको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्ने बताएका थिए ।

    चुनावी संयन्त्र कस्तो बनाउने भन्नेबारे निर्णय गर्नका लागि प्रदेश, नगरपालिका र वडाबाट प्रतिवेदन आउँदै गरेकाले आगामी छलफलबाट टुंगो लाग्ने जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।