काठमाडाै । प्रधानसेनापति प्रभुराम शर्माले ‘सफा हिमाल अभियान २०७८’ का टोली संयोजकलाई नेपालको झण्डासहितको ब्यानर हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा मङ्गलबार आयोजित समारोहमा उनले सगरमाथा, कञ्चनजङ्घा, मनास्लु र ल्होत्से हिमाल सफाइ अभियानका टोली संयोजकलाई ब्यानर हस्तान्तरण गरेका हुन् ।
नेपालका प्रसिद्ध हिमाल आरोहण गर्ने क्रममा छोडिएको फोहर सङ्कलन गरी हिमालको सुन्दरतालाई जीवन्त दिने उद्देश्यले सेनाले सन् २०१९ देखि हिमाल सफाइ अभियान सञ्चालन गर्दैआएको छ । यस वर्षको हिमाल सफाइ अभियान मुख्यरुपमा ५५ दिन अर्थात् आजदेखि जेठ २२ गतेसम्म सञ्चालन हुने र त्यसका लागि सेनाका ३० जनशक्तिसहित ९२ जना परिचालित हुनेछन् ।
अभियानबाट ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य लिइएको छ । हिमाल सफाइ अभियानलाई जटिल, चुनौतीपूर्ण र सहासिक कार्यका रुपमा लिने गरिएको छ । सो अवसरमा प्रधानसेनापति शर्माले सेनाले ४० वर्षदेखि प्रकृति संरक्षण र पर्यावरण जोगाउने काममा निरन्तर काम गरिरहेको बताए । नेपाली सेनाका नौ हजारभन्दा बढी जनशक्ति प्राकृतिक संरक्षणका लागि मुलुकका विभिन्न क्षेत्रमा तैनाथ छन् ।
पर्यटन विभागका महानिर्देशक तारा अधिकारीले नेपालको जैविविविधताको संरक्षण र सम्वद्र्धनमा सेनाबाट हँुदैआएको योगदान महत्वपूर्ण रहेको बताए । नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशक सहायकरथी हिमांशु खड्काले प्रचुर मात्रामा रहेका अमूल्य स्रोत साधन, जैविक विविधतालगायत हिमाल संरक्षणमा सेनाले पु¥याउँदै आएको कार्य तथा सफाइ अभियानको उद्देश्य, चुनौती र तयारीका विविध पक्षबारे जानकारी दिए ।