नवलपुर । नाबालिगलाई जबरजस्ती करणी अभियोगमा नवलपुरमा दर्ता भएको मुद्धामा नायक पल शाह विरुद्ध आजदेखि थुनछेक बहस सुरु हुने भएको छ। मङ्गलबार तनहुँबाट नवलपुर पुर्याइएका शाह विरुद्ध थुनछेक बहस आजदेखि सुरु हुन लागेको हो ।
नवलपुर अदालतमा शाहले मङ्गलबार बयान दिएका छन् । शाहका पक्षमा नौ अधिवक्ताले बहस गर्नेछन् ।
तनहुँ अदालतको चैत १० को आदेश अनुसार शाह पुर्पक्षका लागि थुनामा छन् ।