भिमाद । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भिमाद नगरपालिकामा तीन दलबीच गठबन्धन गर्ने सहमति भएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीच निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको हो ।
कांग्रेस भिमादका सभापति अरविन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले केन्द्र र जिल्लास्तरमा भएको सहमतिको स्वागत गरेको छ। नगरपालिकामा आवश्यकताका अनुसार तालमेल गरेर जाने सहमति भएको श्रेष्ठले बताए ।
बैठकमा माओवादी केन्द्रका नगर अध्यक्ष रामबहादुर थापा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष काजीमान श्रेष्ठ सहभागी थिए।