ऋषिङ । ऋषिङ गाउँपालिकाले आयोजना गरेको ऋषिङ उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले जितेको छ। शनिबार सम्पन्न फाइनलमा वडा नम्बर ६ लाई हराउँदै वडा नम्बर ८ ले उपाधि जितेको हो ।
प्रतियोगितामा वडा नम्बर ७ तृतीय भएको छ।विजेताले क्रमश: ५० हजार, ३५ हजार र २५ हजार नगद प्राप्त गरेका छन् ।
विजेतालाई गण्डकी प्रदेशकी सांसद सरिता गुरुङले पुरस्कार वितरण गरिन् ।