दमौली । सार्वजनिक विदाको दिन पनि टाइफाइड विरुद्धको खोप सञ्चालन गरिएको छ । सरकारले आइतबार रामनवमीमा सार्वजनिक विदा दिएपनि खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
प्रत्येक विद्यालयमा बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए। तनहुँमा वैशाख ३ सम्म खोप अभियान सञ्चालन हुनेछ । त्यसक्रममा ७३ हजार बालबालिकालाई खोप लगाइने कार्यालयले जनाएको छ।