दुलेगौडा । शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले आफूले चढ्दै आएको मोटरसाइकल नगरपालिकालाई फिर्ता गरेका छन् । आइतबार उनले नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्साललाई आफूले प्रयोग गर्दै आईरहेको मोटरसाइकल र चाबी बुझाएका हुन् ।
प्रवक्ता कुमालले शुक्लागण्डकी नगरपालिकाले उपलब्ध गराएको ग १ ब ७४६ नम्बरको मोटरसाइकल चढ्दै आएका थिए ।उनले अब चुनाव केन्द्रित गतिविधिमा लाग्ने भएकाले मोटरसाइकल चढ्नु अनुचित हुने भएकाले फिर्ता गरेको बताए ।