आचार संहिता सम्बन्धि छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    आचार संहिता सम्बन्धि छलफल

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०७९, शनिबार


    दुलेगौडा । निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीले निर्वाचन आचार संहिताको विषयमा अन्तरक्रिया गरेको छ । शुक्लागण्डकीमा क्रियाशिल राजनीतिक दलसँग अन्तरक्रिया गरेको हो । स्थानीय तहको निर्वाचन मनोनयनको अघिल्लो दिन शनिबार अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

    निर्वाचन अधिकृत सरिता रायमाझीले स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्ने बताइन् । उनले सबै राजनीतिक दल र उम्मेद्वार अनुशासन भएमा मात्र निर्वाचनलाई सफल बनाउन सकिने बताइन् । उनले राजनीतिक दल  र सञ्चारकर्मीलाई मनोनयनदेखि निर्वाचनको अवधिसम्म पालना गर्नुपर्ने आचार संहिता, उम्मेद्वारको योग्यता, आवश्यक कागजपत्र लगायतको विषयमा जानकारी गराएकी थिइन् । 

    इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले मतदानको संवेदनशिलतालाई सबैले बुझ्न जरुरी रहेको बताए ।  सुरक्षालाई प्रभाववित पार्ने गतिविधि नगर्न उनको सुझाव छ ।