यी हुन् शुक्लागण्डकीमा एमालेका वडाध्यक्षका उम्मेदवार (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    यी हुन् शुक्लागण्डकीमा एमालेका वडाध्यक्षका उम्मेदवार (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०७९, सोमबार

    दुलेगाैडा । जिल्लाको शुक्लागण्डकी नगरिपलिकाको १२ वटै वडामा नेकपा एमालेले उम्मेद्वारी मनोनयन दर्ता गरेको छ । शुक्लागण्डकी नगरपालिका–१ को वडाध्यक्षमा रघुनाथ पौडेलले उम्मेद्वारी दिएका छन् ।

    शुक्लागण्डकी नगरपालिका–२ को वडाध्यक्षमा तिर्थराज खनालले उम्मेद्वारी दिए । वडा नम्बर ३ मा राजन रिमाल, ४ को वडाध्यक्षमा बिष्णुबहादु राना मगर, ५ को वडाध्यक्षमा पुनः दीर्घबहादुर थापाले उम्मेद्वारी दिएका छन् ।

    शुक्लागण्डकी नगरपालिका–६ मा २०७४ को स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा जितेका बुद्धिबहादुर थापा, ७ को वडाध्यक्षमा प्रेमबहादुर श्रेष्ठले उम्मेद्वारी दिएका छन् । यस्तै वडा नम्बर ८ को अध्यक्षमा एमालेबाट नारायणसिंह थापा, ९ को वडाध्यक्षमा धनबहादुर थापा (बाबुराम) र वडा नम्बर १० मा केशब थापाले वडाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन् । शुक्लागण्डकी नगरपालिका–११ को वडाध्यक्षमा शालिगराम भट्टराईले र शुक्लागण्डकी–१२ ईन्द्र गुरुङले वडाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन् ।