कांग्रेस नेता भट्टराईको शुक्लागण्डकीको मेयरमा स्वतन्त्र उम्मेद्वारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    कांग्रेस नेता भट्टराईको शुक्लागण्डकीको मेयरमा स्वतन्त्र उम्मेद्वारी

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०७९, सोमबार

    दुलेगाैडा । नेपाली कांग्रेसका नेता महेश्वर भट्टराई शुक्लागण्डकी नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । सोमबार उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

    भट्टराईले नेपाली कांग्रेसबाट मेयर बन्नलाई आकांक्षा देखाएका थिए । तर उनले टिकट पाएनन् । कांग्रेसले शुक्लागण्डकीको मेयरमा व्यवसायी कृष्णराज पण्डितलाई टिकट दिएको छ । टिकट वितरणमा असन्तृष्ट भट्टराईले स्वतन्त्रबाट उम्मेद्वारी दिएका छन् ।

    उनले आफु मेयरको मिसनमा लागेकाले पछाडी नहट्ने प्रतिकृया दिए । जनता पार्टीसँग विश्वस्त नरहेको उनको भनाई छ । ‘पार्टीमा काम गर्ने धेरै कार्यकर्ताहरुमा निराशाहरु आएको छ । पार्टीमा न्याय र विधि पनि अत्यन्त न्युन हुदै गएको छ । परिर्वतनका लागि लडेका साथीहरुको पनि भावनामा ठेस लागेको छ’, उनले भने ।

    उनले शुक्लागण्डकीलाई सम्बृद्ध बनाउनलाई आफुले उम्मेद्वार दिएको बताएको । देखिने गरेर नगरपालिकामा जनप्रतिनिधीले काम गर्न नसकेको उनको भनाई छ ।