बन्दीपुरकी उपाध्यक्ष उम्मेदवार गुरुङको प्रतिबद्धता पत्र सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरकी उपाध्यक्ष उम्मेदवार गुरुङको प्रतिबद्धता पत्र सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    बन्दीपुर । नेकपा एमाले र जोशी समूहबाट बन्दीपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार केशमाया गुरुङले चुनावी प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।

    गुरुङले गाउँपालिकालाई सुशासन र भ्रष्टाचारमुक्त एवं समृद्ध बनाउने, युवाहरुलाई तालिम रोजागरी दिने, बन्दीपुर गाउँपालिकालाई पर्यटनको नमूना बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    बेरोजगार युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न तालिम र सहुलियतपूर्ण ऋण प्रवाह गरी स्वरोजगार बनाउने, शिक्षक र कर्मचारीलाई काममा लगनशील बनाउने, खेलाडीहरुलाई प्रोत्साहन गर्ने योजना सार्वजनिक गरेकी छन् ।