भानुको प्रमुखमा एमालेका बागी पाण्डेको उम्मेदवारी फिर्ता, पार्टीलाई जिताउने उद्धोष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुको प्रमुखमा एमालेका बागी पाण्डेको उम्मेदवारी फिर्ता, पार्टीलाई जिताउने उद्धोष

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    भानु । भानु नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका हरि पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एमालेका बागी उम्मेदवार पाण्डेले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

    नगरप्रमुखको आकांक्षी पाण्डेले आधिकारिक टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी फिर्तापछि पाण्डेले एमालेका नगर प्रमुख उम्मेदवार सीताराम बजगाइँलाई समर्थन गर्दै भानुमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताए ।