भानुमा नेकपा एस एक्लै चुनावमा, उपमेयरका उम्मेदवार भन्छन् – हामी जित्छौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुमा नेकपा एस एक्लै चुनावमा, उपमेयरका उम्मेदवार भन्छन् – हामी जित्छौ

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    भानु । नेकपा एकीकृत समाजवादी भानुमा एक्लै निर्वाचनमा जाने भएको छ । यसअघि सत्तारुढ दलबीच गठबन्धनको पहल भएपनि सहमति नभएपछि नेकपा एस एक्लै निर्वाचनमा जाने भएको हो ।

    भानु नगरपालिकामा नेकपा एसले उपमेयर सहितका पदमा उम्मेदवारी दर्ता गराएको छ । सत्तारुढ दलबीच कुरा नमिलेपछि अब आफूहरुले एक्लै चुनावमा होमिएको उपमेयरका उम्मेदवार श्रीराम पौडेलले बताए ।

    ‘एक्लै निर्वाचनमा गएर चुनाव जित्नुपर्ने अवस्था आइपरेको छ, हामी चुनाव जित्छौ,’ उनले खबरपुञ्जसँग भने ।

    उम्मेदवारी दर्ता भएदेखि नै पौडेल घरदैलोमा पुगिसकेका छन् । घरदैलोमा पुग्दा जनताको साथ र समर्थन आफूले प्राप्त गरिसकेको पौडेलले बताए।