जनताका हरेक समस्या समाधानका लागि पूर्ण उर्जाका साथ लागिपर्नेछु : मेयर उम्मेदवार श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    जनताका हरेक समस्या समाधानका लागि पूर्ण उर्जाका साथ लागिपर्नेछु : मेयर उम्मेदवार श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०७९, मंगलवार

    भिमाद । तनहुँको भिमाद नगरपालिकाका मेयरका उम्मेदवार काजीमान श्रेष्ठले जनताका हरेक समस्या समाधानका लागि पूर्ण उर्जाका साथ लागिपर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र जनमुक्ति पार्टीको गठबन्धनबाट मेयर उम्मेदवार बनेका श्रेष्ठले जनताका असुविधा र समस्या समाधानका लागि आफूलाई सदैव क्रियाशील राख्ने प्रतिबद्धता व्यक्त गरे ।

    मेयरमा निर्वाचित भएको खण्डमा सामाजिक विकास निर्माणको हकमा स्वास्थ्य, शिक्षा, खेलकुद, खानेपानी, मोटरमार्ग लगायतका कार्यक्रमहरूलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाउने श्रेष्ठले बताए । आदिवासी जनजाति, दलित, उत्पीडित समुदाय, पिछडिएका महिला, जाति, क्षेत्र र ग्रामीण भूगोललाई विकाससँग जोडेर सिंगो नगर विकासको गतिलाई उचाईमा पु¥याउन दत्तचित्त भएर लाग्ने श्रेष्ठले बताए ।

    “मसँग सामाजिक क्षेत्रमा काम गरेका थुप्रै अनुभवहरू छन् । स्थानीय निर्वाचन २०५४ मा भिमाद गाविसको अध्यक्षमा निर्वाचित भई भिमाद गाविसको सर्वाङ्गिण विकास गर्ने लक्ष्यलाई पूरा गर्न सफल भएकाले तनहुँ जिल्ला विकास समितिले उत्कृष्ट गाविस तथा गाविस अध्यक्ष घोषणा गरी मलाई नगद रू ५० हजारबाट पुरस्कृत गरिएको थियो । यसरी प्राप्त गरेको पुरस्कार रकमलाई पनि खल्तीमा नहाली सामाजिक विकासमै लगाउने निर्णय गरें र राङरूङ्गमा पानीको अभावले समस्यामा रहेका जनसमुदायहरूलाई सहज होस् भनी उक्त रकम कुवा निर्माणका लागी सहयोग गरेको थिएँ,” उनले भने ।