दमौली । जिल्ला निर्वाचन कार्यालय तनहुँले मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली सार्वजनिक गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयले बुधबार मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली सार्वजनिक गरेको हो।
कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार ५९४ कर्मचारीको नामावली सार्वजनिक गरिएको छ ।
छनौट भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको लागि वैशाख २३ र २४ गते तालिम प्रदान गरिनेछ । सि.नं. १ देखि ३०० सम्मकालाई वैशाख २३ र ३०१ देखि ५९४ सम्मका लाई २४ गते तालिम दिइनेछ ।
तालिमपश्चात् कर्मचारीलाई मतदान केन्द्रको जिम्मा दिइने कार्यालयले जनाएको छ।
हेर्नुहोस् नामावली