आचारसंहिता उल्लङ्घन गर्ने शिक्षक कर्मचारीलाई कारवाही गर्ने तनहुँ प्रशासनकाे चेतावनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आचारसंहिता उल्लङ्घन गर्ने शिक्षक कर्मचारीलाई कारवाही गर्ने तनहुँ प्रशासनकाे चेतावनी

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७९, बिहीबार

    दमाैली । स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता उल्लङ्घन गर्ने शिक्षक तथा कर्मचारीलाई कारवाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आज सूचना जारी गरी आचारसंहिता तथा पदीय जिम्मेवारी प्रतिकूल क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम गरिने जनाएको छ ।

    निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले राष्ट्रसेवक कर्मचारी, शिक्षक तथा सरकारी कोषबाट तलब तथा अन्य सेवा सुविधा लिने जोसुकै कर्मचारीका लागि आचारसंहिता जारी गरेकाले आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पेशागत आचरणप्रति पूर्ण बफादार रही उक्त आचारसंहिता पूर्ण पालना गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन र निर्वाचनमा खटिएका कर्मचारी तथा शिक्षकले राष्ट्रप्रतिको दायित्व र पदीय जिम्मेवारीलाई हृदयङ्गम गर्न आग्रह गर्नुभयो ।