नेकपा एकीकृत समाजवादीलाई कमजोर नठान्न श्रममन्त्री श्रेष्ठको चेतावनी (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा एकीकृत समाजवादीलाई कमजोर नठान्न श्रममन्त्री श्रेष्ठको चेतावनी (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०७९, शुक्रबार

    दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पार्टीलाई कमजोर नठान्न चेतावनी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले केही तत्वहरुले पार्टीको अस्तित्व स्वीकार नगरेकाले आफूहरुलाई कमजोर नठान्न आग्रह गरेका हुन् ।

    गठबन्धन भएका ठाउँहरुमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउने पार्टीको केन्द्रीय समितिको निर्णय भएपनि तनहुँमा नेकपा एकीकृत समाजवादीलाई कमजोर ठानिएको मन्त्री श्रेष्ठको भनाई थियो । विशेषगरी व्यास नगरपालिकामा केही व्यक्तिहरुको अहमंताका कारण गठबन्धन हुन नसकेको भन्दै मन्त्री श्रेष्ठले भने, “धेरै पटक बैठक बस्यौ, तर केही अहंकारी साथीहरुले हात्तीमा बसेको चमेरोलाई काँध थाप्न सक्दैनौ भनेर घमण्ड देखाए । हामी अझै पनि गठबन्धनको पक्षमा छौ ।”

    निर्वाचनको दिन अझै पनि बाँकी रहेकाले व्यास नगरपालिकामा पनि गठबन्धन गरेर जान सकिने मन्त्री श्रेष्ठले बताए। “अझै पनि मिल्न सकिने ठाउँ छ, त्यसतर्फ ध्यान दिन गठबन्धनका नेताहरुलाई आग्रह गर्छौ,” मन्त्री श्रेष्ठले भने। पाँच दलीय गठबन्धन संविधान रक्षाका लागि बनेकाले सबै दलको अस्तित्व स्वीकार गर्नुपर्ने उनकाे भनाई थयो ।

    मन्त्री श्रेष्ठले भने, “हामीलाई हात्तीको कानमा बसेको चमेरो हो भनेर हेप्ने काम भएको छ । हात्तीको कानमा बसेको चमेरो हो की हात्तीको खुट्टा हो त्यो प्रमाणित गरेर देखाइदिन्छौ ।”

    नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठले नेपाली काङ्ग्रेसले व्यासमा नेकपा एकीकृत समाजवादीलाई समर्थन गर्नुपर्ने बताए।