भिमादमा एमाले उम्मेदवारलाई बद्री पंगेनीको साथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भिमादमा एमाले उम्मेदवारलाई बद्री पंगेनीको साथ

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०७९, शनिबार

    दमौली । नेकपा एमालेका तर्फबाट भिमाद नगरपालिकामा उम्मेदवार बनेकालाई जनगायक बद्री पंगेनीले साथ दिएका छन् । एमालेले भिमाद नगरपालिका-३ मा गरेको घरदैलोमा सहभागी भएर गायक पंगेनीले साथ दिएका हुन् । पंगेनीले एमालेका विभिन्न चुनावी गीतमा स्वर दिएका छन् ।

    कार्यक्रममा मेयरका उम्मेदवार दधिराज सुवेदी, उपमेयर उम्मेदवार शारदा खनाल, वडाध्यक्षका उम्मेदवार पदम सेन ठकुरी लगायतले भिमादमा एमालेको जित निश्चित रहेको बताए ।