स्ट्रेचरमा ल्याएर ९९ वर्षीय गुरुङद्वारा मतदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्ट्रेचरमा ल्याएर ९९ वर्षीय गुरुङद्वारा मतदान

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०७९, शुक्रबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–८ रिस्तीका ९९ वर्षीय वृषसिं गुरुङले स्ट्रेचरमा मतदान केन्द्रसम्म पुगेर मतदान गरेका छन्। स्थानीय तह निर्वाचनका लागि गुरुङले आज गाउँ विकास समिति मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

    लामो समयदेखि अशक्त गुरुङको हालै मात्रै प्रोष्टेटको शल्यक्रिया गरिएको थियो । घरदेखि दश मिनेटको दूरीमा अवस्थित मतदान केन्द्रसम्म गुरुङलाई आफन्तको सहयोगमा ल्याइएको थियो ।

    यसैगरी म्याग्दे गाउँपालिका–१ गुणादीस्थित माहेन्द्री मावि मतदान केन्द्रमा ९२ वर्षीय नारायणदत्त खनालले पनि मतदान गरेका छन् ।