दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ स्थित गाउँ फर्कोदय। मावि मतदान केन्द्रमा कांग्रेस कार्यकर्ताले सरसफाई गरेका छन् ।
शुक्रबार मतदान सकिएपछि फोहर भएको मतदान केन्द्रको शनिबार बिहान कांग्रेस कार्यकर्ताले सफा गरेका हुन् ।
कांग्रेस शुक्लागण्डकी नगर उपसभापति कृष्णप्रसाद रेग्मीका अनुसार मतदान केन्द्रमा छरिएका फोहरमैला व्यवस्थापन गरिएको छ ।