तनहुँका दुई पालिकामा एमाले, एकमा माओवादीको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका दुई पालिकामा एमाले, एकमा माओवादीको अग्रता

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०७९, शनिबार

    दमाैली । स्थानीय तह निर्वाचन अन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा (माओवादी) केन्द्रले अग्रता लिएको छ । सार्वजनिक मतपरिणाम अनुसार जिल्लाको म्याग्दे र घिरिङ गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ भने बन्दीपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

    नौ सय मतगणना हुँदा म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले चार सय ६८ र नेपाली काङ्ग्रेसका उम्मेदवार मायादेवी रानाले तीन सय ४४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा एमालेका रत्ना घिमिरेले तीन सय ७४ र नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरेले चार सय १६ मत प्राप्त गरेका छन् ।

    घिरिङ गाउँपालिकामा नेकपा एमालेका होमबहादुर थापाले तीन सय मत प्राप्त गरेका छन् भने नेपाली काङ्ग्रेसका गङ्गा कुमालले एक सय ७५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा एमालेका राधा अधिकारीले तीन सय १२ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका पूर्ण थापाले एक सय ३६ मत प्राप्त गरेका छन् ।

    बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पूर्णसिं थापाले तीन सय ५०, नेकपा एमालेका सुरेन्द्र थापाले दुई सय ९८ र नेपाली काङ्ग्रेसका धु्रवलाल प्रधानले दुई सय ६१ मत प्राप्त गरेका छन् ।

    भिमाद नगरपालिकामा पनि मतगणना सुरु भएपनि मतपरिणाम सार्वजनिक भएको छैन ।

    ऋषिङ गाउँपालिकामा बिहान १०ः३० बजेबाट मतगणना सुरु गर्ने तयारी छ । शुक्लागण्डकी नगरपालिकामा पनि मतगणनाको तयारी थालिएको छ भने भानु नगरपालिकामा सर्वदलीय बैठक बस्दैछ ।