ऋषिङमा बामगठबन्धनको ऐतिहासिक जित, वडा १ मा माओवादीका कुश पाँच मतान्तरले विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा बामगठबन्धनको ऐतिहासिक जित, वडा १ मा माओवादीका कुश पाँच मतान्तरले विजयी

    खबरपुञ्ज संवाददाता

    ३१ बैशाख २०७९, आईतवार

    ऋषिङ । ऋषिङ गाउँपालिका–१ को वडाध्यक्षमा बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कुश थापा विजयी भएका छन् । नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनका तर्फबाट अध्यक्ष उम्मेदवार थापा पाँच मतान्तरले विजयी भएका हुन् ।

    थापाले आठ सय ३१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खिमबहादुर थापाले आठ सय २६ मत प्राप्त गरे ।

    चार वडा सदस्य भने नेपाली काङ्ग्रेसले जितेको छ । महिला सदस्यमा सविना रानाले आठ सय ४६, दलित महिला सदस्यमा आशा नेपालीले आठ सय ५८, खुल्ला सदस्यमा धनबहादुर आलेले आठ सय ३३ र भिमबहादुर थापाले सात सय ८१ मत प्राप्त गरे ।

    २०७४ को निर्वाचनमा नेपाली काङ्ग्रेसले ऋषिङमा क्लिन स्वीप गरेको थियो ।