स्याङजा हरिनासको अध्यक्ष उपाध्यक्षमा एमालेको जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्णाली

    स्याङजा हरिनासको अध्यक्ष उपाध्यक्षमा एमालेको जित

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७९, आईतवार

    दुलेगौँडा : स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भए । उनले नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । मानन्धरले चार हजार ७६९ र भुजेलको चार हजार ७३२ मत आएको छ ।

    उपाध्यक्षमा एमालेकी ईन्द्रकुमारी राना चार हजार ७४० मत ल्याएर विजयी भईन् । माओवादीको तर्फबाट उपाध्यक्षकी उम्मेद्वार मिठु लम्सालले चार हजार ७१६ मत ल्याएकी छन् । हरिनासमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनावी मैदानमा होमिएका थिए ।

    अध्यक्ष उपाध्यक्षमा सुरुवातदेखी नै गठबन्धन उम्मेद्वारको अग्रता थियो । अन्तिमा नतिजा उल्टिएर एमाले उम्मेद्वारको जित भएको हो ।

    हरिनासको चार वडामा एमाले र तीन वडामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । वडा नम्बर १, २ र ५ मा गठबन्धनका उम्मेद्वारले विजयी हासिल गरेका हुन् भने वडा नम्बर ३,४,६ र ७ मा एमाले विजयी भएको छ ।

    वडा नम्बर १ मा ईन्द्रबहादुर गुरुङ, २ चित्रबहादुर थापा, ३मा ओमप्रकाश सिग्देल, ४ मा सन्तबहादुर थापा, ५ मा निर्मल लम्साल, ६ मा दिलबहादुर राना र वडा नम्बर ७ मा भरत थापा विजय भएका छन् । यहाँ १४ हजार ८१९ मतदाता रहेकोमा नौ हजार ८१३ मत खसेको थियो ।