ऋषिङ । ऋषिङ गाउँपालिका–३ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भिमबहादुर थापा आठ सय आठ मत प्राप्त गरी विजयी भएका हुन् ।
प्रतिस्पर्धी नेकपा एमालेका बेलबहादुर आलेले दुई सय ३६ मत प्राप्त गरे ।
महिला सदस्यमा कमला थापाले आठ सय आठ, दलित सदस्य कविता घलेले आठ सय आठ, खुल्ला सदस्यले केशबहादुर आलेले आठ सय दश र मीनबहादुर थापा मगरले सात सय ७२ मत प्राप्त गरेका छन् ।