ऋषिङ । ऋषिङ गाउँपालिका–५ को वडाध्यक्षमा नेपाली काङ्ग्रेस प्यानल विजयी भएको छ । वडाध्यक्षमा बुद्धिमान राना मगरले आठ सय २२ मत प्राप्त गरी विजयी भएका हुन् ।
प्रतिस्पर्धी नेकपा एमालेका भुवनबहादुर रानाभाटले छ सय सात मत प्राप्त गरेका छन् ।
महिला सदस्यमा हरिकला कंडेलले आठ सय २३, दलित महिला सदस्यमा हिरामाया नेपालीले आठ सय १२, खुल्ला सदस्यमा दलबहादुर थापाले सात सय ९८ र शुकबहादुर दरैले सात सय ७४ मत प्राप्त गरी विजयी भएका छन् ।