भिमाद । भिमाद नगरपालिका–७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका प्रकाश श्रेष्ठ आठ सय ४२ मत प्राप्त गरी विजयी भएका छन्।
प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका बद्रीनाथ सुवेदीले चार सय पाँच मत प्राप्त गरे ।
महिला वडा सदस्यमा कृष्णकुमारी कंडेलले आठ सय ५३, दलित महिला सदस्य रञ्जना परियारले आठ सय ५३, खुल्ला सदस्य जिमबहादुर रानाले आठ सय ४६ र श्यामकुमार श्रेष्ठले आठ सय ४५ मत प्राप्त गरेका छन् ।