दुलेगाैडा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको वडामा नेकपा एमाले विजयी भएको छ । पौडेलको गृहवडा शुक्लागण्डकी नगरपालिका–८ को वडाध्यक्षमा एमालेका नारायणसिंह थापा विजयी भएका छन् ।
उनी एक हजार एक सय ८३ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका चन्द्रकला भट्टराईले एक हजार ४४ मत प्राप्त गरे ।
वडा सदस्यमा दुई वडा सदस्य एमालेले र दुई वडा सदस्य नेपाली काङ्ग्रेसले जितेको छ । एमालेबाट खुल्ला सदस्यमा अशोक महत एक हजार एक सय ६८ र मानबहादुर क्षेत्री एक हजार ८२ मत प्राप्त गरी विजयी भएका छन् ।
महिला सदस्यमा काङ्ग्रेसकी डम्बरकुमारी सिग्देल एक हजार ९२ र दलित महिला सदस्यमा सिर्जना विक एक हजार ८४ मत प्राप्त गरी विजयी भएका छन् ।
शुक्लागण्डकी-८ काङ्ग्रेसकाे गढ मानिन्छ ।