गठबन्धनलाई हराउँदै भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गठबन्धनलाई हराउँदै भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०७९, मंगलवार

    भिमाद । भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र बहुमत वडा नेकपा एमालेले जितेको हो ।

    नगरप्रमुखमा दधिराज सुवेदी आठ हजार एक सय २८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले पाँच हजार आठ सय ५७ मत प्राप्त गरे।

    उपप्रमुखमा एमालेकै शारदा खनाल सात हजार छ सय ६७ मत प्राप्त गरी विजयी भएकी छन् । प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका मिलन आलेले सात हजार दुई सय पाँच मत प्राप्त गरे।

    कूल २४ हजार आठ सय ८४ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा १६ हजार एक सय ४९ मत खसेको थियो ।

    भिमाद नगरपालिका–२, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ भने १, ४, ५, ६ नेपाली काङ्ग्रेसले जितेको छ ।