भर्खरै हामिले स्थानीय तहको निर्वाचन सम्पन्न गरेका छौ । कतिपय पालिकाहरुमा शान्तिपुर्ण तरिकाले कुनै दुर्घटना बिना नै निर्वाचन सप्पन्न भएको छ भने कतिपय पालिकाहरुमा राज्यसंरचना,राज्य संयन्त्रको व्यापक दुरुपयोग गरेर सेतो कमेज र बर्दिभित्र गठबन्धनको कसम खाई काला आत्मा बोकेका सेता मान्छेहरुको उपस्थितिमा निर्वाचन भएको कुरा सुर्य जतिकै/घाम जतिकै छर्लङ्ग छ हाल आईरहेको नतिजापनि हामी हेरिरहेकै छौ । सरकारले,सरकार चलाउने दलहरूले प्रतिपक्षी दलका विरुद्ध गठबन्धन गरि एक्लाउने संकल्पका साथ सरकारिहरु सबै मिलेर प्रतिपक्ष दललाई निस्तेज गर्ने अभिप्रायका साथ प्रतिपक्षी दलका विरुद्ध सबै राज्य संयन्त्रको दुरुपयोग गरि प्रतिपक्षीलाई घेराबन्दी बनाई विस्वमा कहि नभएको प्रतिपक्षीका विरुद्ध सरकारि गठ बनाई चुनावमा जानू र हाल यो नतिजा प्राप्त हुनु नै एमालेको जित हो बिजय हो । त्यसैले एमालेले जितेको छ । हामी पर्खन जानेकै छौ जित्न पनि जानेकै छौ र हार्न पनि जो “लड्छ उ अगाडि बढ्छ ” । ” जो सिक्छ उ जित्छ ” जितका तरिकाहरु फरक फरक नै हुन्छन् त्यसैले त कहि कहि र कहिलेकाही हारेर पनि बिजय बन्ने गरिन्छ यो हार पनि बिजय नै हो । यसै त घेराबन्दी सोझा सिधा जनतामाथिको भ्रमको संप्रेसण,त्रासदिपुर्ण वातावरण अलिअली धम्कीको राजनीति यावत् कुरा हुँदाहुँदै पनि जनताको असिम प्यार अनि रास्ट्र निर्माणको विश्वासकै कारण त अडिएकै हो एमाले ।
देशका ठुला ठुला भन्ने दलहरूका गठजोड, अझै यसरी भनु सरकारी गठजोड थियो भने एमालेको गठजोड जनतासंग थियो जनताको आस्था र विस्वास अटुट प्रेम कै कारण हिजो देखि आजसम्म त लोकप्रिय बन्न पुगेकै छ अंकगणितिय हिसाबमा केही पछाडी रहेता पनि रास्ट्र,रास्ट्रियता जनताका मुर्छित सपनालाई उजागर गरि साम्राज्यवाद र बिस्ताबादका विरुद्ध चट्टानी अडानकै कारण जनताको मन मनमा बस्न सफल छ एमाले । लडाइँमा होमिइसकेपछी केही तारतम्य नमिलाउदा सोचें जस्तै सफलता नमिल्नु स्वभाविक नै हो गल्ती कमि कमजोरीहरु थिए नै एमालेका पनि – प्रतिस्पर्धिलाई कमजोर सोच्नु गल्ती भयो भने निर्वाचनको मसिनो तयारी गर्न नसक्नु,जनतालाई त्रासबाट मुक्त दिलाउन नसक्नु पनि कमजोरी नै हो भने जिते आफुले जित्ने,आफ्नो क्षमताले जित्ने हारे देखि पार्टीले हार्ने भन्ने प्रवृत्ति पनि रह्यो नै, कतिपय ठाउँमा देखिने र देखाईदिने प्रवृत्ति व्यक्तिबादी प्रवृत्ति हाबी हुँदा आफू भए ठिक अरु भए बेठिक भन्ने राजनीतिका कारण सबैभन्दा बढी पार्टीप्रति अन्तर्घातका कारण पनि हार्न बाध्य हुन पुगे यसको आगामी दिनमा समिक्षा गरौंला नै !
जित्दा आफ्नो कार्यक्षमता, लोकप्रियता र हार्दा अरुलाई दोष दिने प्रचलन सबैभन्दा बढी नै रह्यो । तरपनि जे होस् निर्वाचन सप्पन्न भएको छ संसार जगजाहेर नै छ अनेक रंगभरेपनी,अनेकौं तर्क गरेतापनी दलहरु आफ्नै आफ्नै तरिकाबाट छुट्टाछुट्टै निर्वाचनमा भाग लिएको भए,ठुला भन्ने दलहरूले कसैको बैशाखी बिना नै निर्वाचनमा प्रतिस्पर्धा गरेको भए, अन्यदलको अवस्था के हुन्थ्यो होला ? विश्व जगजाहेर नै छ। बुद्धिजिविहरु सांच्चिकै बुद्धिजिवि नै बन्ने हो भने विश्लेषकहरु दलहरुको खोल नओडिकनै विश्लेषण गर्ने हो भने उत्तर आईहाल्छ नै ! तर अवसरबादी दुनियाँमा अवसरको पुर्ण सदुपयोग गर्न जानेका बौद्धिकवर्गहरुबाट सत्य र तथ्यको छनोट प्राथमिकतामा नपर्न पनि सक्छ नै तर जे होस् आशा जिवित नै राखौं कुनै दिन सत्य वकालत पनि गर्ने नै छन् र भन्ने नै छन् कि वास्तवमा यस्तो विषम परिस्थितिमा पनि यो सफलता एमालेको जित नै हो । जनतासंग एमाले छ यो तथ्य र सत्य हो । मतदान स्थल होस् वा मतगणना स्थल निर्वाचनमा गठबन्धन बनाएर लड्ने प्रतिनिधि सबै दलको बराबर राख्नैपर्ने अडानबाट पनि प्रष्ट हुन सकिन्छ नै फेरिपनी निर्वाचन आयोगले दल मात्रै जान्ने गठबन्धन नजान्ने भन्ने धारणालाई हामी आत्मसात नै गरेका छौ र गर्छौ पनि यहाँ मैले निर्वाचनको दृश्ठान्त मात्रै पेश गर्न खोजेको हुँ । निर्वाचन निर्वाचन नै हो र प्रतिस्पर्धामा भाग लिइसकेपछी हार वा जित हुन्छ परिणाम आफ्नो पक्षमा भएता पनि नभएता पनि स्विकार्नुपर्छ नै तर निर्वाचन स्वच्छ बनोस् रहोस् भन्ने नै हो । भय रहित बाताबरण बनेको भए निर्वाचनमा भाग लिने उम्मेदवार आज अस्पतालको शैयामा बस्नुपर्ने अवस्था रहने नै थिएन बर्दिवालाहरु त्यहाँ उम्मेदवारलाई नजान भनेको किन गए भन्ने खालको गैह्रजिम्मेवारी अभिव्यक्ती दिने नै थिएनन होला ? उम्मेदवारले मेरो मत हरायो कता गयो भनेर उजुरी गर्न सम्म पर्ने अवस्था बनेको हामी निरीह बनेर चुपचाप सुनिरहेकै छौ नि । यसको सुक्ष्म विश्लेषण गर्ने कि आफू अनुकुल व्याख्या गर्ने यो विद्वानहरुकै हातमा छाडिदिउ तर परिणाम अनुकुल भए पनि प्रतिकुल भएपनि स्विकार्य नै छ । यसबाट पनि के पुष्टि हुन्छ भने जित एमाले कै हो अबिर जस्ले दलेपनी केही मतले पछाडि परेपनी यो बिजय एमालेको रह्यो नै,यो बिजयको हकदार एमाले नै हो ।
अब नयाँ शिराबाट सोचेर आउने चुनावमा बामपंथी एकताको सन्देश दिने गरेर अगाडि बढौं। देश जोगाउने जिम्मेवारी बोध गरौं जनतामा उमंग र उत्साह भरौं सुखी नेपाली समृद्ध नेपालको महान अभिभारा पूरा गर्न लागि परौं सोचौं अब नयाँ शिराबाट ! फेरि पनि प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिईरहेको अवस्था छ । राजनीति नै त हो बिगतलाई सूक्ष्म समिक्षा गरि रिस राग त्याग गरि आम कार्यकर्ता तथा जनताको भावनालाई आत्मसात गरि नयाँ शिराबाट सोच्न जरुरी छ, रास्ट्रबादी शक्तिहरु मिलि एकताको मार्गचित्र कोरि अगाडि बढ्न जरुरी छ, निर्वाचन फेरि पनि आउँछ उहीँ जोश र उत्साहका साथ निर्वाचनमा लागौ जनता र कार्यकर्तामा उत्साह भरौं राजनीति संभावनाको खेलो नै हो । एकता सन्देश दिई आगामी निर्वाचनको मसिनो तयारी थालौं अब ।आम जनता बिभाजित हुन जरुरी छैन,छिमेकीहरुको बोलचाल बन्द हुन पनि जरुरी छैन,जरुरी छैन अर्म पर्म र मेलापात बन्द गर्न पनि ! जित्नेहरु पनि साझा बन्न सिकुन सबैको प्रतिनिधि नै जनप्रतिनिधि हो भन्ने भावना बोक्न सिकुन् ,जित्नेहरुले पार्टीको भन्दा पनि जनताको मन जित्ने गरि काम गर्न सफल बनुन् , जनप्रतिनिधिहरुका आफ्नै डोजर नचलोस् । बिकास र समृद्धिको मुल फुटाउन सक्दो कोसिस गरुन् सबै निर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको जनताको तर्फबाट मतदाताको तर्फबाट हार्दिक शुभकामना ! हार्दिक शुभकामना ।