बन्दीपुर । बन्दीपुर गाउँपालिकाको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कार्यपालिका सदस्य चयनका लागि आइतबार भएको निर्वाचनबाट नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । कार्यपालिका सदस्य चयनका लागि काङ्ग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।
कार्यपालिका सदस्यमा नेपाली काङ्ग्रेसबाट उमा घर्ती नेपाली, हरिमाया विक, मिनराम परियार निर्वाचित भएका छन् भने नेकपा माओवादी केन्द्रबाट कौशिला परियार विक, दमयन्ती थापा र जीवन भुजेल निर्वाचित भएका छन् ।
स्थानीय तह निर्वाचनमा बन्दीपुरमा गठबन्धन भएको थिएन । नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए ।