पाेखरा । आदिवासी जनजाति चलचित्र महासंघ गण्डकी प्रदेश गठन गरिएकाे छ । पाेखरामा आयाेजित भेलाले माओत्सेतुंग गुरुङ (जिफान) काे अध्यक्षतामा समिति गठन गरेकाे हाे ।
समितिकाे उपाध्यक्षमा सोम गुरुङ (जिफान), सन्तोष पिठाकोटे मगर ( मगर चलचित्र ), विकास ताम्राकार (नेवा: चलचित्र ), महासचिवमा गोबिन्द पून मगर ( मगर चलचित्र ), सचिवमा गल गुरुङ (जिफान) र सूर्य सुनुवार ( राई चलचित्र ), कोषाध्यक्षमा मिनु गुरुङ (जिफान) र सह-कोषाध्यक्षमा विमल भुजेल ( भुजेल चलचित्र ) चयन भएका छन् ।