दमौली । व्यास नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि वडा स्तरीय भेला सुरु गरेको छ। नीति, कार्यक्रम तथा बजेटमा वडावासीका सुझाव संकलन गर्ने उद्धेश्य सहित नगरपालिकाले भेला आयोजना गरेको हो ।
नगरपालिकाले सोमबार व्यास-१ बाट भेलाको सुरुवात गरेको छ । भेलामा सबै राजनीतिक दललाई निम्तो गरिएपनि आफूहरुलाई बोल्न नदिइएको माओवादी केन्द्र व्यास-१ का अध्यक्ष केहरसिं आलेले आरोप लगाए।
‘दलको तर्फबाट केही सल्लाह र सुझाव पनि राख्न नदिएर अपमान गरेकामा हाम्रो आपत्ति छ । कार्यक्रममा एकलौटी हस्तक्षेप गरेको पाइयो । आगामी दिनमा यस्ता कुराहरू सच्याइयोस्,’ उनले भने ।