दीपकराज जोशीलाई थप उपचारका लागि भारत लगिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दीपकराज जोशीलाई थप उपचारका लागि भारत लगिने

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०७९, मंगलवार

    दमौली । स्थानीय तह निर्वाचनका दिन वैशाख ३० गते रिस्तीमा आक्रमणमा परेर घाइते दीपकराज जोशीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

    व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार जोशीलाई थप उपचारका लागि वेदान्त अस्पताल लैजाने तयारी गरिएको हो । उनको लामो समय काठमाडौस्थित फ्रन्टलाइन अस्पतालमा उपचार गरिएको थियो ।

    टाउकोमा चोट लागेकाले चिकित्सकको सल्लाह बमोजिम जोशीलाई भारत लैजान लागिएको हो ।