रामचन्द्र पौडेलले भने, ‘कांग्रेस हार बेहोर्न तयार छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रामचन्द्र पौडेलले भने, ‘कांग्रेस हार बेहोर्न तयार छ’

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०७९, बुधबार

    काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश र जनता बचाउने काम गरिरहेको कांग्रेसले हार व्यहोर्न तयार रहेको बताएका छन्।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै पौडेलले राष्ट्र, जनता र न्यायका पक्षमा कांग्रेसले लड्न नछाड्ने बताए।

    पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आज कमलपोखरीमा आयोजित प्रशिक्षणमा प्रचण्डले दम्भ र अहंकार गरे एमालेलाई जस्तै गरी कांग्रेसलाई ठेगान लगाउन सकिने चेतावनी दिएका थिए।

    यसतर्फ लक्षित गर्दै पौडेलले आज अपरान्ह ट्वीट गर्दै भनेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ। त्यसैले हामी हार व्यहोर्न तयार छौं। तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं।’