दमौली । व्यास नगरपालिकाको कार्यपालिका सदस्य चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन तालिका अनुसार आज मनोनयन दर्ताको कार्यक्रम छ ।
दलित/अल्पसंख्यकबाट तीन र महिलाबाट पॉच जना कार्यपालिका सदस्यमा निर्वाचित हुनेछन् । महिलातर्फ वडा सदस्यमा निर्वाचितहरु कार्यपालिकामा आउनेछन् ।
कार्यपालिका सदस्य चयनका लागि व्यासमा कांग्रेसको बहुमत रहेको छ । कार्यपालिका सदस्यका लागि आकांक्षी बढी भएपछि टुंगो लाग्न सकेको छैन ।
नेकपा एकीकृत समाजवादीले पनि एक जना कार्यपालिका सदस्य माग गरेको बुझिएको छ ।