सिलिण्डर पड्किएर आगलागी हुँदा भिमादमा बालिकाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिलिण्डर पड्किएर आगलागी हुँदा भिमादमा बालिकाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०७९, शनिबार

    दमाैली । तनहुँको भिमाद नगरपालिका–९ च्यानडाँडामा ग्यास सिलिण्डर पड्की घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया सुवेक्षा केसी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    शुक्रबार राति ७ बजेको समयमा शिवनारायण केसीको टिनले छाएको दुई तले घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा निजकी छोरीको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक युवराज सलामी मगरले जानकारी दिए।

    आगलागीबाट घरमा क्षति पुगेको छ । घरको तल्लो तल्लामा किराना पसल समेत सञ्चालन गरिएकामा पसलका सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।