बालेनको समर्थन गर्दै तनहुँमा पनि सुरु भयो सार्वजनिक शौचालय अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बालेनको समर्थन गर्दै तनहुँमा पनि सुरु भयो सार्वजनिक शौचालय अभियान

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०७९, सोमबार

    दमाैली । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौका होटलका शौचालयलाई सार्वजनिक बनाउने प्रस्ताव ल्याए । उनको प्रस्तावलाई काठमाडौका केही होटलले साथ दिए । काठमाडौका होटल व्यवसायीले मात्र नभई यतिबेला देशभर साहको उक्त प्रस्तावलाई साथ दिइरहेका छन् ।

    साहको प्रस्तावप्रति समर्थन जनाउँदै तनहुँको पर्यटकीय नगरी बन्दीपुरको टुँडिखेलस्थित हेरिटेज गेष्ट हाउसले शौचालयको सुविधा दिएको छ ।

    यस्तै दमौलीस्थित ए.एस. मेशिनरी स्टोर्सले पनि साहको प्रस्तावप्रति समर्थन जनाउँदै निःशुल्क सार्वजनिक शौचालयको सुविधा प्रदान गर्ने घोषणा गरेको छ ।