प्रहरीकाे नजिकै रहेको बेलवास डेरीमा चाेरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    प्रहरीकाे नजिकै रहेको बेलवास डेरीमा चाेरी

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०७९, बिहीबार

    दमाैली । दमाैलीकाे मुख्य चाेकमा रहेको बेलवास डेरीमा चाेरी भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ नजिकै रहेको डेरीमा रातको समयमा पछाडिको गाराे घनले भत्काएर चाेरी भएकाे हाे ।

    बेलवास दुग्ध उत्पादक तथा सहकारी संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले दश हजार चाेरी भएकाे जानकारी दिए ।

    यसअघि पनि सहकारीको आडमै रहेको स्वादिष्ट खाजा घर तथा अन्य पसलमा पटकपटक चाेरी हुने गरेको व्यवसायीहरूले बताएका छन् ।