सुप्रिम सहकारीद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सुप्रिम सहकारीद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री सहयोग

    विवि श्रेष्ठ

    ६ असार २०७९, मंगलवार

    म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री सहयोग गरेको छ । सहकारीको मङ्गलबार आयोजित साधारणसभाको अवसरमा प्रहरी चौकी थर्पुलाई विपद् व्यवस्थापन सामग्री सहयोग गरिएको हो ।

    प्रहरीलाई आगो निभाउने यन्त्र तीन सिलिण्डर, लाईफ ज्याकेट दुई थान, हेलमेट पाँच थान, बेल्चा पाँच थान, गैची तीन थान, डोरी ३० मिटर र स्टेचर एक थान गरी करिब ३३ हजार बराबरको सामग्री सहयोग गरिएको छ ।

    म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र सहकारीका अध्यक्ष हरिबहादुर थापाले संयुक्त रुपमा उक्त सामग्री हस्तान्तरण गरेका थिए । सहकारीले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत प्रहरीलाई विपद् व्यवस्थापन सामग्री सहयोग गरेको जनाएको छ ।

    शान्ति सुरक्षामा सधैं सक्रिय भूमिका खेल्ने प्रहरीलाई विपद् तथा जोखिममा सहजीकरण होस् भन्ने हेतुले विपत व्यवस्थापनका सामग्री वितरण गरिनुले सहकारी जनताप्रति उत्तरदायी भएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

    म्याग्दे गाउँपालिकाको आर्थिक विकासमा सहकारीले भूमिका खेलेको चर्चा गर्दै श्रेष्ठले जनतालाई आर्थिक उपार्जनमा पनि सहकारीले सहयोग गर्दै आएको बताए। सहकारीले अब कृषिमा लगानी गरि आत्मनिर्भर म्याग्देवासी बनाउन भूमिका खेल्नुपर्ने उनकाे भनाई थियो । गाउँपालिकाले कृषि र उत्पादनलाई जोड दिई बजेट निर्माणमा अग्रसर भएकाले कृषि र उत्पादनलाई जोड्न नसकिए समृद्ध पालिका बनाउन नसकिने श्रेष्ठले बताए ।

    विसं २०६५ सालमा स्थापना भएको सहकारीले पेन्सन सेवा, रेमिट्यान्स, खानेपानी बील भुक्तानी, विद्युत महशुल भुक्तानी लगायतका सेवा प्रदान गर्दै आइरहेको सहकारीका अध्यक्ष थापाले जानकारी दिए ।