नयाँ मन्त्रीद्वारा शपथ ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नयाँ मन्त्रीद्वारा शपथ ग्रहण

    खबरपुञ्ज संवाददाता

    १२ असार २०७९, सोमबार

    काठमाडाै । नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । हिजो नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएको थियो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।

    एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेका छन् ।

    नेकपा एकीकृत समाजवादीले गएको जेठ २२ गते नै मन्त्री फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीलाई पठाउने निर्णय गरेको थियो । त्यसैदिन मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाए पनि तीन हप्तापछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो । मन्त्री फेरबदलको विषयमा एकीकृत समाजवादीभित्र असन्तुष्टि बढेको छ ।