पाठेघरमा काठको टुक्रा पसेकी बालिकाको उपचारमा सहयोगको अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पाठेघरमा काठको टुक्रा पसेकी बालिकाको उपचारमा सहयोगको अपिल

    खबरपुञ्ज संवाददाता

    १३ असार २०७९, मंगलवार

    दमाैली । तनहुँको व्यास नगरपालिका–११ शेरा निवासी चार वर्षीया बालिकाका युविना थापा मगरको पाठेघरमा काठको टुक्रा पसेपछि उपचारमा आर्थिक अभाव भएको छ । सोही वडाको बसन्त आधारभूत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत थापाको खोलाले बगाउँदा पाठेघरमा काठको टुक्रा पसेको थियो ।

    पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको छ । बसन्त आधारभूत विद्यालयकी प्रधानाध्यापक शर्मिला पौडेल ओझाले घरको आर्थिक अवस्था कमजोर रहेकाले बालिकाको उपचारमा सहयोग गर्न अपिल गरेकी छन् ।