दमाैली । बामदेव गौतमले मंगलबार घोषणा गर्न लागेको नयाँ पार्टीको केन्द्रीय सदस्यमा तनहुँका धनन्जय खनाल समेटिएका छन् । नेकपा एकता राष्ट्रिय अभियानको ६९ सदस्यीय केन्द्रीय कमिटीमा तनहुँका खनाल समेटिएका हुन् ।
तत्कालिन नेकपा विभाजन भएपछि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको संयोजक भएर कम्युनिस्ट एकता गर्ने गौतमले बताउँदै आएका थिए ।
गौतमले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेर घोषणापत्र सार्वजनिक गरेका थिए ।