आदिकवि क्याम्पसमा लियो प्रतिक्षालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आदिकवि क्याम्पसमा लियो प्रतिक्षालय

    खबरपुञ्ज संवाददाता

    १६ असार २०७९, बिहीबार

    दमाैली । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा लियो प्रतिक्षालय निर्माण गरिएको छ । व्यास नगरपालिका र लायन्स क्लव अफ तनहुँको सहयोगमा क्याम्पसभित्र प्रतिक्षालय निर्माण गरिएको हो ।

    क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी प्रतिक्षालय निर्माण गरिएको लियो क्लव अफ तनहुँका अध्यक्ष सुनिल मिश्रले जानकारी दिए । नगरपालिका र लायन्स क्लवको रु एक लाख ७० हजारको लागतमा प्रतिक्षालय निर्माण गरिएको हो ।

    प्रतिक्षालय निर्माणका लागि क्लवका सदस्यले श्रमदान गरेका छन् । क्लवका सदस्यहरुले रङरोगन, खाल्डा खन्ने काममा श्रमदान गरेका थिए ।

    क्याम्पसमा लायन्स क्लवको सहयोगमा लायन्स भवन, विज्ञान प्रयोगशाला निर्माण भइरहेको छ । “लियो क्लवले धेरै ठूलो काम गर्न नसकेपनि पानी पर्दा र घाम लाग्दा विद्यार्थीलाई ओत लाग्ने ठाउँ बनाउन सक्यो,” मिश्रले भने ।

    उक्त प्रतिक्षालयको बिहीबार लायन्स क्ल इन्टरनेशनल ३२५ वि १ का पूर्व गर्भनर अशोककुमार श्रेष्ठले उद्घाटन गरे ।