सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बाढीको चेतावनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बाढीको चेतावनी

    खबरपुञ्ज संवाददाता

    १७ असार २०७९, शनिबार

    काठमाडौ । बाढी पूर्वानुमा महाशाखाले सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको जनाएको छ।  गुम्थाङ, धाप, नकोटेलगायत स्थानमा भारी वर्षा मापन भएको महाशाखाले जानकारी दिएको छ। 

    मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ। 

    यस्तै, धापमा ४३.४ र गुम्थाङमा ४२.२ मिलिमिटर वर्षा मापद भएको महाशाखाले जानकारी दिएको छ। 

    महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बताएको छ। 

    यस्तै, उता झापाको शनिश्चरे, चन्द्रगढी लगायत क्षेत्रमा पनि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।