घरमै लुकाइराखेको ६ किलो गॉजा बरामद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    घरमै लुकाइराखेको ६ किलो गॉजा बरामद

    खबरपुञ्ज संवाददाता

    १७ असार २०७९, शनिबार

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-२ गौराटोलबाट प्रहरीले गॉजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४५ वर्षीय राजन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ।

    इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक हरिबहादुर क्षेत्रीको नेतृत्वमा गएको टोलीले गॉजा सहित पक्राउ गरेको हो ।

    निज सुत्ने कोठामा लुकाई छिपाई राखेको ६ किलो गॉजा बरामद गरिएको क्षेत्रीले जानकारी दिए । पक्राउ परेका विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।