माओवादी नेतृ कोइरालालाई पितृशोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माओवादी नेतृ कोइरालालाई पितृशोक

    खबरपुञ्ज संवाददाता

    २५ असार २०७९, शनिबार

    दमाैली । नेकपा माओवादी केन्द्रकी नेतृ एवं गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालालाई पितृशोक परेको छ । उनका बुबा प्रेमनिधि कोइरालाको शुक्रवार साँझ गोरखा–३ नारेश्वरस्थित निवासमा निधन भएको हो ।

    ८५ वर्षीय कोइराला राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशिल थिए । उनले राणाविरोधी आन्दोलनबाट राजनीतिमा प्रेरित भई २०१५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

    स्व। कोइरालाको शनिबार आँबुखैरेनीस्थित रामशाह घाटमा दाहसंस्कार गरिएको छ ।