पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टा सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टा सम्मानित

    खबरपुञ्ज संवाददाता

    २८ असार २०७९, मंगलवार

    काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट विभिन्न स्रष्टाहरूलाई सम्मानित गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ बाट धनेन्द्र बस्नेत, डा.ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई समर्पण गरेकी हुन् ।

    साेही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्ण प्रसाद पोखरेल र पवित्र घर्तीलाई सम्मानित गरिन् ।

    कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गर्दै उनका विचारलाई प्रेरणाको
    रुपमा लिएर देशको समृद्धिका लागि अगाडी बढ्नुपर्ने बताए ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल र नेपाली जनताको मुक्तिका लागि पुष्पलाल श्रेष्ठको योगदानको सम्मान गर्दै सरकारले पुष्पलाल राष्ट्रिय पुरस्कार वर्षेनी प्रदान गर्दै आएको बताए। राष्ट्रको विकास र समृद्धिमा महत्वपूर्ण योगदान गरेका राजनीतिक व्यक्तित्वहरुको दुरदर्शी विचार, मार्गनिर्देशन, त्याग र सङ्घर्षलाई सम्मान गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।

    मुलुकको प्रगतिशील राजनीतिक परिर्वतन, नेपाली राजनीतिक आन्दोलनको इतिहासको अध्ययन – अनुसन्धान र साहित्य र संस्कृतका क्षेत्रमा पुरस्कृत स्रष्टाहरुले पुर्याउनुभएको योगदानको
    पनि उनले प्रशंसा गरे।

    नेपालको राजनीतिक आन्दोलन तथा खोज अनुसन्धान र लेखन कार्यमा योगदान गरेका व्यक्ति वा संस्था, नेपाली समाजको इतिहास, राजनीतिक आन्दोलनहरुको इतिहास, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधि क्षेत्रको अनुसन्धान र खोजका तीन विभिन्न विधामा तीनजना व्यक्ति वा संस्थालाई पुष्पलाल राष्ट्रिय पुरस्कारद्वारा सम्मान गर्ने कार्यक्रम आर्थिक बर्ष २०६८/६९ देखि हरेक वर्ष मन्त्रालयले निरन्तर गर्दै आइरहेको छ । पुरस्कारहरूको राशि
    सम्मान पत्रसहित नगद १ लाख रुपैयाँ रहेको छ ।