गण्डकी प्रदेशले जित्यो राष्ट्रपति रनिङ शिल्ड भलिबलको स्वर्णपदक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गण्डकी प्रदेशले जित्यो राष्ट्रपति रनिङ शिल्ड भलिबलको स्वर्णपदक

    खबरपुञ्ज संवाददाता

    ३० असार २०७९, बिहीबार

    काठमाडौ । गण्डकी प्रदेशको पुरुष छात्र टोलीले काठमाडौंमा सम्पन्न १२औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड भलिबलमा स्वर्णपदक जितेको छ। 

    बिहीबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ३–२ को सेटमा पाखा लगाउँदै गण्डकीले स्वर्ण जितेको हो।

    पहिलो सेट २५–११, दोस्रो सेट २५–१० ले आफ्नो पक्षमा पारेको गण्डकीले तेस्रो र चौथो सेट सहज रुपमा आफ्नो पक्षमा पारेको गण्डकीले तेस्रो र चौथो सेट भने लुम्बिनीलाई सुम्पिन पुग्यो। 

    गण्डकीले तेस्रो सेट २०–२५ र चौथो सेट २०–२५ ले गुमाउन पुग्यो। पााचौ तथा अन्तिम सेटमा गण्डकीले लुम्बिनीलाई १५–१२ ले पाखा लगाउँदै स्वर्ण जित्यो। गण्डकीले राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा पाँचौ स्वर्ण हात पारेको हो।